थपिए १४४२ कोभिड-१९ सक्रमित

काठमाडौं : मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४२ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणमा थप १ हजार ४ सय ४२ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
संक्रमित हुनेहरूमा काठमाडौंका ८ सय २२ भक्तपुरका ४८ र ललितपुरका १ सय ६८ गरि १ हजार ३८ जना छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार ९१७ पुगेको छ ।
त्यस्तै कोभिडबाट थप १२ जनाको मृत्यु भएको छ । यो सँगै हालस्म्म नेपालमा १ हजार २ सय ५९ जनाको मृत्यु भएको छ ।
बुधबार मुलुकभर ३ हजार ५ सय ३८ संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७ सय ८० जना निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार आइसोलसनमा २८ हजार ८ सय ७८ जना छन् भने क्वारेन्टाइनमा ९ सय १० जना छन् । हालसम्म १६ लाख २३ हजार ७५४ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया