संसद बैठक सुरु भएलगत्तै उठेर एमाले सांसदको विरोध

काठमाडौं - प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको भन्दै एमालेका सांसदहरुले उठेर विरोध जनाएका छन् ।
बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोधको संकेत गरे । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए । यसपछि प्रमुख सचेतक गिरीले झापामा अध्यक्ष ओलीमाथि आक्रमण भएको र सरकारलाई दोषीलाई कारबाही गर्न तथा अवान्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिन नसकेको बताए ।
साथै माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्न थालिएको भन्दै एमालेले सरकारको विरोध गरेको छ । बैठक चलिरहेकाे छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया