क्षितिजको 'पर्वत पर्वतमा बटुवा घाम' बजारमा

काठमाडौँ- चर्चित कवि तथा प्रसिद्ध गीतकार रमेश क्षितिजको नयाँ कविता सङ्ग्रह 'पर्वत पर्वतमा बटुवा घाम' सार्वजनिक भएको छ । करिब डेढ दशकको अवधिमा कवि क्षितिजले सृजना गरेका ५३ वटा जीवनपरक दार्शनिक कविता सङ्ग्रहमा सङ्ग्रहण गरिएका छन् । ५ खण्डमा विभाजित सङ्ग्रहका कविताबारे कवि अविनाश श्रेष्ठ भन्छन्, "पूर्वीय दर्शनलाई सरल तरिकाले भन्दै काव्यिक संवेदनाको शील्पलाई सरल ढंगले यस सङ्ग्रहका कविताले भनेका छन् ।" उनी भन्छन्, "प्रकृति, जीवन, जगत् र मानवीय संवेदनाका विम्बहरूलाई सरल र सहज भाषाशैलीमा प्रस्तुत गर्न सक्नु कवि क्षितिजको विशेषता हो । उनका कविता मन्त्र जस्तै छैनन्, जीवनमन्त्र नै हुन् ।"
२०५६ सालमा 'अर्को साँझ पर्खेर साँझमा' र २०६६ मा 'घर फर्किरहेको मानिस' कविता सङ्ग्रहबाट नेपाली कविता जगतलाई धनी बनाएका कवि क्षितिजको 'आफैँ आफ्नो साथी भएँ' गीत सङ्ग्रहका साथै दर्जनौं गीतहरू लोकप्रिय छन् ।
"रमेश क्षितिजका कविता हरेक कवि र कविताप्रेमीका लागि प्रतीक्षित रहन्छन् । यो सङ्ग्रह त उनका फरक विम्बका कविताको सङ्ग्रह हो । त्यसैले यो निकै सङ्ग्रहणीय र पठनीय छ । यसले नेपाली काव्य जगतमा आफ्नो गर्विलो इतिहास बनाउनेछ !", प्रकाशक बुकहिलले प्रेस विज्ञप्तिमा भनेको छ ।
५३ कविताको हार्ड कभर संस्करणको मूल्य जम्मा ४५५/- रुपैयाँ रहेको छ । साथै, बुकहिलले उनको पहिलो कविता सङ्ग्रह 'अर्को साँझ पर्खेर साँझमा' को हार्ड कभर संस्करण पनि यही कविता सङ्ग्रहसँगै सार्वजनिक गरेको छ, जसको मूल्य ४५५/- राखिएको छ । कवि क्षितिजका कविताको अन्तरक्रिया र एकल वाचन केही दिनमै हुने पनि प्रकाशक बुकहिलले विज्ञप्तिमा उल्लेख गरेको छ ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया