नेपाल व्यवसाय शिखर सम्मेलन वैशाख २४ गते काठमाडौँमा हुने

काठमाडौँ- नेपाल व्यवसाय शिखर सम्मेलन, २०८० आगामी वैशाख २४ गते काठमाडौँमा आयोजना हुने भएको छ ।
नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन् । ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलन काठमाडौँमा आयोजना गर्न लागिएको हो ।
सम्मेलनका विषयमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त शिखर सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवं बैंकिङ क्षेत्रका समस्या तथा त्यसको समाधानका उपायहरूमाथि विचार विमर्श हुने सिबिफिनका अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।
आर्थिक एवं बैंकिङ सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको भावी कार्यदिशा तय गर्न सम्मेलनबाट प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार गरी सरकारलाई बुझाइने उनले बताए ।

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

प्रतिक्रिया