कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक पाए विश्वासको मत

सुर्खेत- कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत प्राप्त गरेका छन् । गएको पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका शर्माले आज तेस्रो पटक विश्वासको मत लिएका छन् ।
शुक्रबार प्रदेश सभाको १४ औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनले नेकपा (माओवादी केन्द्र)सहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए ।
आज मुख्यमन्त्री शर्माले विश्वासको मत सम्बन्धी दर्ता गराएको प्रस्तावमाथि छलफलमा भाग लिँदै कांग्रेस, माओवादी, स्वतन्त्र र समाजवादीका सांसदहरूले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका छन् ।
४० सदस्यीय सांसदमध्ये शर्माले २९ मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्माको पक्षमा कांग्रेसका १४ र माओवादीका १३ र एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक सांसदहरूले मतदान गरेका थिए । नेकपा एमालेका १० सांसदले विपक्षमा मतदान गरे ।
मुख्यमन्त्रीको विपक्षमा मतदान गरेसँगै आजदेखि नेकपा एमाले प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको छ । ४० सदस्यीय प्रदेश सभाका सदस्यीयहरूमध्ये ३९ जना मतदानमा भाग लिएका थिए ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया