चुनावी नतिजाबाट आत्तिनुपर्दैन : आरजु राणा
सुदूरपश्चिम- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने धारणा व्यक्त गरेकी छिन् ।
नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भनिन्, 'उपनिर्वाचनमा विजयी नहुँदैमा कांग्रेस कमजोर छैन, विगतमा पनि कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेकै थियो ।'
कांग्रेसप्रति आकर्षण नघटेको बताउँदै उनले भने, 'युवालाई लोकतान्त्रिक पार्टीका पक्षमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा विशेष ध्यान दिनुपर्ने जरुरी छ ।'
कांग्रेसकै नेतृत्वमा विगतमा देशमा विकास निर्माणका ठूला काम भएको बताउँदै उनले पार्टीले गरेको कामको प्रचारप्रसार गरेर सहयोग गर्न पत्रकारलाई आग्रह गरे ।
कार्यक्रममा कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेपाल महिला सङ्घका जिल्ला सभापति पुष्पा भट्ट, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वाँर र जिल्ला सभापति श्रवण देउवालगायतले समसामयिक विषयमा बोलेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया