५ अर्बको कम्पनी खोलेर अयोग्य लडाकुलाई सेयर दिउँ, परिवारलाई रोजगारी व्यवस्था गरौँ : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका नेता योगेश भट्टराईले अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरु त्यत्तिनै रकम थपेर लडाकुलाई पनि सेयरको व्यवस्था गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै एमाले नेता भट्टराईले यस्तो बताएका हुन् ।
सेयर आव्हान गरी हाललाई कम्तीमा ५ अर्बको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वा पाँचतारे होटल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरूलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताए ।
'अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरु त्यत्तिनै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गर्ने अनि सार्वजनिक सेयर आव्हान गरी हाललाई कम्तीमा ५ अर्बको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वा पाँचतारे होटल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरुलाई रोजगारी को व्यवस्था गर्ने' भट्टराईले लेखेका छन् 'पुँजी वृद्धि गरी उद्योगको आकार बढाउँदै जाने । पैसा बाँढेर होइन जीवन यापन र दिगो समाधानको बाटो जानु उपयुक्त हुन्छ । सरकारको ध्यानाकर्षण गर्दछु ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया