जनकपुर उपमहानगरले सञ्चालन गर्यो अक्सिजनसहितको आइसोलेसन सेन्टर
संघ र प्रदेश सरकारले सहयोग नगरेको गुनासो

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले ४० बेडको अक्सिजन र स्वास्थ्यकर्मी सुविधासहितको आइसोलेसन कक्ष निर्माण गरेको छ । वडा- ४ स्थित गोपाल धर्मशालामा एक सय बेड पूर्वाधारसहित सुविधायुक्त आइसोलेसन कक्ष निर्माण गरिएको मेयर लालकिशोर साहले जानकारी दिए ।
उनका अनुसार, सय बेडको आइसोलेसन बनाएको भए पनि २५ वटा अक्सिजनसहितको ४० बेड मात्र सञ्चालनमा ल्याइएको छ । संक्रमितको चापअनुसार बेडहरू सञ्चालनमा ल्याइनेछ ।
'कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि बढी ध्यान दिएका छौँ,' उनले भने, 'उपमहानगरपालिकाले २५ वटै वडाको टोल-टोलको सडक तथा गल्लीहरूमा सेनिटाइज्ड गर्दै आएका छौँ।'
उनकाअनुसार आइसोलेसन कक्षमा बस्ने संक्रमितहरूका लागि खाना, औषधि र अक्सिजनको उपमहानगरपालिकाले नि:शुल्क व्यवस्था गरेको छ भने संक्रमितलाई ल्याउने र घरसम्म पुर्याउनका लागि २४सै घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ । संक्रमितको हेरचाह र स्वास्थ्य उचारका लागि तीन सिफ्टमा एक चिकित्सकसहित ३/३ स्वास्थ्यकर्मी २४सै खटाइएको छ ।
उनले आइसोलेसनका लागि प्रादेशिक अस्पताल र प्रदेश सरकारलाई दक्ष चिकित्सक उपलब्ध गराई दिन पटक-पटक आग्रह गर्दा पनि कुनै चासो नलिएपछि गुनासो गरे । हाल आइसोलेसन कक्षमा एक दर्जनभन्दा बढी संक्रमितहरू बसेका छन् । गम्भीर अवस्था भएपछि थप उपचारका लागि प्रादेशिक अस्पतालमा समन्वगरी पठाउने गरेको पनि उनले जानकारी दिए ।
'होम आइसोलेसनमा बसेका संक्रमितहरूको अनुगमनका लागि स्वास्थ्यकर्मीसहितको ३/३ जनाको ६ वटा टोली नगरभित्र खटाएका छौं,' उनले भने, 'टोलीले होम आइसोलेसनमा बसेकाहरूको घरमै पुगी आइसोलेसन बस्ने मापदण्ड र आवश्यक औषधि बारे जानकारी र असहायलाई उपलब्ध गराउने गरेको छ । उनीहरूको स्वास्थ्य अवस्थाबारे प्रत्येक दिन स्वास्थ्य महाशाखामा रिपोर्टिंङ गर्ने गरेको छ ।'
अनुगमनका आधारमा उपमहानगरपालिकाले अक्सिजन र औषधिको व्यवस्थापनका साथै आवश्यकता परेको खण्डमा अस्पतालसम्म पुर्याउने कामलाई निरन्तरता दिँदै आएको उनले बताए । उनका अनुसार,संक्रमण फैलिन नदिन सर्तकताका लागि कन्ट्रयाक्ट ट्रेसिङ्ग कार्यलाई प्रभावकारी रूपमा निरन्तरता दिइएको छ । प्रत्येक वडामा ५ जनाको सिआईसी टीम खटाएको र टोलीले कन्ट्रायक्ट ट्रेसिङ्गमा परेकाहरू र लक्षण देखिएका व्यक्तिहरूको पीसीआर चेकजाँचका लागि स्वाब संकलन गरिएको छ ।
पहिलो चरणको संक्रमणमा रोकथाम, उपचार, क्वारेन्टिन/आइसोलेशन व्यवस्थापन र राहतमा उपमहानगरपालिकाले करिब ४ करोड खर्च गरेको बताउँदै प्रदेश सरकारले २५ लाख रुपैयाँ मात्रै दिएको दुखेसो पोखे । दोस्रो चरणमा दुवै तहका सरकारले कुनै सहयोग नगरेको बताए ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया