शाहरुखको 'जवान' अमिताभको 'आखिरी रास्ता'बाट प्रभावित !

मुम्बई - अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ लाई लिएर अहिले विभिन्न समाचारहरु सार्वजनिक भइसकेका छन् । यो फिल्ममा अभिनेता शाहरुख दोहोरो भूमिकामा देखिँदैछन् । फिल्मको बजेटदेखि लिएर स्टारकास्टसम्मका कुरा दर्शकमाझ आइसकेको छ ।
अहिले भने फिल्मको कथालाई लिएर नयाँ खबर बाहिर आएको छ । यो फिल्मको प्लटलाई निर्माण पक्षले सुरुवातदेखि नै गोप्य राख्दै आएको थियो । तर अहिले भने यसको गोपनियता पनि बाहिरिएको छ ।
समाचार अनुसार यो फिल्म अमिताभ बच्चनको फिल्म ‘आखिरी रास्ता’ बाट प्रभावित छ । ‘आखिरी रास्ता’ पनि कमल हासनको तमिल फिल्म ‘ओरु कैदियिन डायरी’को आधिकारिक रिमेक थियो ।
'आखिरी रास्ता' या 'ओरु कैदियिन डायरी' मा अमिताभ तथा कमल हसन पिता र छोराको दोहोरो भूमिकामा थिए । ठीक यसै गरी शाहरुख पनि ‘जवान’ मा पिता र छोरोको भूमिकामा देखिँदैछन् । ‘आखिरी रास्ता’ को जस्तै ‘जवान’ ले पनि एक बदलाको कथा बोल्नेछ’, निर्माण स्रोतले भनेको छ । ‘जवान’ निर्देशक एटली कमल हासनको फिल्मका ठूला फ्यान हुन् । सोहीकारण उनले आफ्नो फिल्ममा कमलको कथाको मुख्य भाग लिएका छन् । ‘जवान जुन २, २०२३ मा रिलिज हुँदैछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया