श्रीलंका जाने भारतीय क्रिकेट टिमको प्रशिक्षक द्रविड र कप्तान धवन !

काठमाडौँ: भारतीय क्रिकेट टिमले आउँदो जुलाईमा इंगल्यान्डको भ्रमण गर्ने तालिका छ । जहाँ भारतले आइसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा न्यूजिल्यान्डको सामना गर्दैछ । दुई टिमबीचको उपाधि भिडन्त दी रोज बल क्रिकेट मैदानमा जुन १८ देखि २२ सम्म हुनेछ ।
त्यसपछि भारतीय टिम घरेलु इंग्लिस टोलीसँग हुने टेस्ट श्रृंखलाका लागि अभ्यासमा व्यस्त हुनेछ । भारत र इंगल्यान्डले अगस्ट ४ बाट सेप्टेम्बर १४ सम्म पाँच टेस्ट खेल्ने तालिका छ । टेस्ट टिम इंगल्यान्डमा रहँदा भारतको अर्को टिम श्रीलंका जानेछ । जहाँ भारतले एक दिवशिय र टी–ट्वान्टी श्रृंखलामा भाग लिनेछ । छिमेकी श्रीलंकाविरुद्ध भारतले तीन–तीन एक दिवशिय र टी-ट्वान्टी खेल्ने बताइएको छ ।
दुई दक्षिण एसियाली टिमबीचका खेलहरू कोलोम्बोको आर प्रेमादाशा रंगशालामा हुने बताइएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) प्रमुख सौरभ गागुंलीका अनुसार श्रीलंका जाने भारतीय टिममा युवा खेलाडीहरूलाई मौका दिने बताएका छन् । पहिलो रोजाइको भारतीय टिममा मौका पाउन नसकिरहेका पाका खेलाडीहरू लाई पनि श्रीलंका जाने टोलीमा समावेश गरिने अनुमान गरिएको छ । प्रशिक्षण टोली पनि नयाँ बनाइने बताइएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार श्रीलंका भ्रमणमा जाने भारतीय टिमको प्रशिक्षकको जिम्मेवारी राहुल द्रविडलाई दिइनेछ । द्रविड हाल भारतको अण्डर १९ तथा ए टिम हेरिरहेका छन् । त्यस्तै, बीसीसीआईले शिखर धवनलाई कप्तानको जिम्मेवारी दिनसक्ने अनुमान गरिएको छ । यद्यपि बीसीसीआईको औपचारिक निर्णय आउन भने बाँकी छ ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया