मैले बैठकमा दाहालको प्रस्ताव फिर्ता हुनुपर्छ भनेको छैन : वामदेव गौतम

काठमाडौं : नेकपा उपाध्यक्ष वामदेव गौतमले आफूले सचिवालयल बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्ताव फिर्ता हुनुपर्ने धारणा नराखेको बताएका छन् । उपाध्यक्ष गौतमको सचिवालयले अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव फिर्ता हुनुपर्छ भन्ने धारणा बैठकमा नराखेको र बाहिर आएका त्यस्ता भनाई ‘पूर्णतः झुठो हो, गोयवल्स शैलीको छ’ भनेर धारणा सार्वजनिक गरेको छ ।
‘आजको सचिवालय बैठकलाई सौहाद्रतापूर्ण तवरले सञ्चालन गर्नुपर्ने चुनौति थियो । आज प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने कुनै एजेण्डा पनि थिएन,’ गौतमको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण वामदेव कमरेडलगायतका अन्य नेता कमरेडहरूले सौहाद्रतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति आजको बैठकमा दिनुभएन ।’
गौतमको सचिवालयले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तर्फबाट प्रस्ताव दर्ज गर्ने प्रतिवद्धता व्यक्त गरेपछि बैठकको सौहाद्रतामा अझ बल पुगेको उल्लेख गरेको छ । दाहालले सचिवालय बैठकमा गौतमको सहमतिमा प्रस्ताव पेस गरेको विज्ञप्तिमा उल्लेख छ । ‘वामदेव गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उहाँ सतिसाल झैँ अडिग हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
दाहालले पेस गरेका प्रस्ताव नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पध्दति पक्षधर नेता-कार्यकर्ताको सामूहिक आवाज भएको पनि गौतमको सचिवालयले बताएको छ ।
ओलीलाई धरातलीय यथार्थबाट माथि (हावामा) उडाएर सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम तुरुन्त रोक्न पनि विज्ञप्तिमा माग गरिएको छ । ‘उहाँलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम पनि तत्काल बन्द गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

प्रतिक्रिया