संस्थागत विद्यालयमा विदेशी विद्यार्थी अध्ययनरत भएमात्रै इन्टरनेशनल शब्द जोड्न पाइने

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरभित्र रहेका विद्यालयले नेपाली नाम झल्कने नाम राख्नुपर्ने बताएका छन् । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरभित्र रहेका विद्यालयको नाम र चिन्हमा समेत एकरुपता ल्याउनुपर्ने उनले बताएका हुन् । शाहले फेसबुकमार्फत प्रष्ट पार्दै विद्यालयको नाम षट्कोणमा राख्नुपर्ने बताए ।
विद्यालयको नाम राख्दा पनि समाज, राष्ट्रमा उल्लेख्य योगदान गरेका व्यक्ति, देशको संस्कृति झल्कने नाम राख्नुपर्ने नियमावलीमा उल्लेख छ । त्यस्तै कुनै विद्यालयले पब्लिक शब्द राख्न चाहेमा कम्तीमा एकतिहाइ विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, यस्तै नेशनल शब्द राख्न चाहेमा देशका २५ वटा जिल्लाका विद्यार्थी अधययनरत हुनुपर्ने र इन्टरनेशनल शब्द राख्न चाहेमा विदेशी विद्यार्थी अधययनरत हुनुपर्ने उल्लेख छ ।

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

प्रतिक्रिया