शाहिदलाई फकाउन दुई महिना पछि लागेकी थिइन् करिना

मुम्बई - फिल्म उद्योगमा कैयौं यस्ता प्रेम प्रसंग छन्, जुन सधैं चर्चामा रहिरहन्छ । ती कतिपय प्रेम प्रसंग वियोगमा नै परिणत हुन्छन् । अभिनेता शाहिद कपुर र अभिनेत्री करिना कपुर कुनै समय बलिउडको हटकेक प्रेमी थिए । उनीहरुको प्रेमको चर्चा मिडियामा सधैं भइरहन्थ्यो । तर अहिले करिना र शाहिद दुवै आफ्नो वैवाहिक जीवनमा खुशी छन् । तर करिनाले शाहिदलाई दुई महिना पछ्याएर पगालेकी थिइन् ।
करिनाले शाहिद प्रति आफ्नो प्रेम कतिसम्म थियो ? भन्ने कुराको खुलासा उनले करण जोहारको च्याट शो ‘कफी विद करण’मा गरेकी थिइन् । उनले दुई महिनासम्म शाहिदलाई पछ्याएपछि मात्र शाहिद करिनासँग प्रेममा समर्पित भएका थिए ।
करिनाले करणसँग गरेको कुराकानीको पुरानो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शोको पहिलो सिजनमा करीना अर्की अभिनेत्री रानी मुखर्जीका साथ शोमा पुगेकी थिइन् । शोको दोस्रो सिजनमा करीना र शाहिद नै पुगेका थिए ।
शोमा करणले करिनालाई उनीहरुको प्रेमजीवन कसरी सुरु भयो भनी प्रश्न सोधेका थिए । ‘मैले नै शाहिदलाई प्रेम प्रस्ताव राखेको थिएँ । मैले दुई महिनासम्म शाहिदलाई पछ्याएको थिएँ । मैले उसलाई म्यासेज र फोन गरेको थिएँ । डेटका लागि पनि मैले नै प्रस्ताव गरेको थिएँ । तर सुरुमा उसले मलाई कुनै भाउ दिएन । दुई महिनापछि मात्र हामी भेटियौं र कुराकानी सुरु भयो’, करिनाले भनेकी छन् । तर 'जब वि मेट'को सुटिङ लगत्तै दुवैको ब्रेकअप भएको थियो । ब्रेकअपपछि दुवैले लामो समयपछि 'उड्ता पञ्जाब'मा सँगै काम गरेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया