मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

९५ करोड ४३ लाख भन्दा बढीको कारोबार हुँदा सेयर बजार १९.११ अंकले ओरालो

काठमाडौं। साताको दोस्रो  कारोबार दिन सोमबार  सेयर बजारमा ओरालो लागेको  छ । आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा आएर रोकिएको छ । 

९५ करोड ४३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचकमा २६ कम्पनीमा उकालो लगेको र १८९ कम्पनीमा ओरालो लगेको छ भने ४ कम्पनीको स्थिर रहेको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्सम करिब ३ अ‌कले घटेर ३५८.१४ बिन्दुमा आएको छ । आइतबार  ३२ लाख ६ हजार ४५० कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, एनएमबी सुलभ इन्भेस्टमेन्ट र ८.५% प्रभु बैंक डेबेन्चरको ३ प्रतिशतले मूल्य वृद्धि भएको छ । 

यता,  शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको आइतबार ४ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ । यता नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाखको कारोबार भएको छ । आइतबार  सबै उपसूचकहरु राताम्मै भएको छ ।