'धुम-४' मा जोन भिलेन, शाहरुख पनि लाइनमा

मुम्बई - यशराज फिल्मस्को ‘धुम’ फ्रेन्चाइजी बलिउडको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजी मान्छि । सन् २००४ मा रिलिज ‘धुम’को पहिलो भागमा अभिनेता जोन अब्राहम भिलेन अवतारमा देखिएका थिए । फिल्म ‘धुम २’ मा ऋतिक रोशन र ‘धुम ४’ मा आमिर खान भिलेन अवतारमा देखिए ।
यशराज फिल्मस् अब ‘धुम ४’को तयारीमा जुटिसकेको छ । फिल्ममा यसपटक पुनः जोन भिलेन चरित्रमा देखिन लागेका छन् । जोन अभिनित पछिल्लो फिल्म ‘पठान’मा उनले निभाएको भिलेन चरित्रबाट प्रभावित भएको यशराजले ‘धुम’ को चौथो संस्करणका लागि जोनलाई लिने मनस्थिति बनाएको छ ।
‘यो वर्षको सुरुवातमा जोनले शाहरुख खान अभिनित ‘पठान’मा आफ्नो दमदार अभिनयले सबैको मन जिते । उनको भिलेन चरित्रलाई सबैले मनपराए । यहीकारण यशराज फिल्मस्ले पुनः एकपटक जोनलाई ‘धुम’को फ्रेन्चाइजीमा कमव्याक गराउने योजना बनाएको छ । पछिल्लोपटक यशराजको कैयौं बैठकमा जोनलाई देखिइएको छ । त्यसकारण पनि जोन दोहोरिने सम्भावना उच्च छ’, यशराज निकट स्रोतले भनेको छ ।
जोनको अभिनय रहेको ‘धुम’को क्लाइमेक्स ‘ओपन एण्ड’ थियो । त्यसकारण उनी अन्तिममा मरे या भागे भन्ने कुरा अनिश्चित थियो । यो अनिश्चिततालाई उपयोग गर्नका लागि निर्माण टिमले जोनलाई पुनः फिल्ममा जोड्ने योजना बनाएको छ ।
हिरो भन्दा पनि भिलेनको खोजी हुने पहिलो फिल्म हो धुम । यही मेसोमा भिलेनका लागि शाहरुखको नाममा पनि छलफल भइरहेको समाचार आउने गरेका छन् । तर शाहरुख यो वर्षसम्मका लागि बुक छन् । उनका यो साल डंकी र जवान रिलिज हुँदैछन् । यसपछि भने उनले कुन फिल्म साइन गर्छन् ,टुंगाे लागेको छैन ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया