दुई पटक आत्महत्या गर्ने प्रयास गरेको ड्रिउ ब्यारीमोरको खुलासा

लसएञ्जल्स- अभिनेत्री ड्रिउ ब्यारीमोरले दुई पटक आत्महत्या गर्ने प्रयास गरेको बताएकी छिन् । आफूले चलाउँदै आएको ‘ड्रिउ ब्यारीमोर सो’मा अतिथिको रुमा आएका गायक म्याडिसन बियरसँग आत्महत्याको विषयमा कुरा गर्दै उनले यसको खुलासा गरेकी हुन् ।
‘संघर्षको दिनमा हरकोहीले यो विषयमा सोचेको हुनुपर्छ भन्ने लाग्छ । मैले पनि दुई पटक प्रयास गरेकी थिएँ,’उनले भनेकी थिइन् । उनले १३ वर्षको उमेरमा आफूलाई यस्तो समस्या भएको र आमाले १८ महिना हस्पिटलमा राखेको स्मरण गरेकी थिइन् ।
ब्यारीमोरले ५ वर्षको उमेरमा हलिउडमा डेब्यू गरेकी थिइन् । यसअघि २१ वर्षीय गायक बियरले आफूमा आत्महत्याको विचार आउने गरेको बताएका थिए । उनकै कुरामा समर्थन गर्दै ब्यारीमोरले आफ्नो समयको अनुभव सुनाएकी थिइन् । ड्रिउ ब्यारीमोर हिजो आज फिल्म छाडेर फुर्सदमा छिन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया