एनएसएलः काठमाडौँलाई हराउँदै धनगढी फाइनलमा

काठमाडौँ: धनगढी फुटबल क्लब काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार काठमाडौँ रेजर्सलाई २–१ पराजित गर्दै धनगढी उपाधिको नजिक पुगेको हो ।
धनगढीको जितमा विशाल राईले निर्णयक गोल गरे । एनएसएलको पहिलो क्वालिफायरको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएको थियो । थपिएको अतरिक्त समयमा विशालले गोल गरे ।
त्यसअघि काठमाडौँले सुरुवाती अग्रता लिएको थियो । तेज तामाङले ७५ औँ मिनेटमा गोल गरेपछि काठमाडौँ खेलमा अघि बढेको थियो । तर त्यसको तीन मिनेटपछि नै धनगढीले गोल फर्कायो । खेललाई पुजन उपरकोटीले १–१ को अवस्थामा ल्यायपुर्याए । निर्धारित ९० मिनेटमा थप गोल नभएपछि खेल अतरिक्त समयतर्फ धकेलिएको थियो ।
पहिलो क्वालिफार्यरमा पराजित भए पनि काठमाडौँको फाइनल प्रवेश सम्भावना सकिएको छैन । ललितपुर सिटी एफसी र बुटवल लुम्बिनीबीचको खेलमा विजयी हुने टिमसँग काठमाडौँ भिड्नेछ । त्यस खेलमा विजय भए काठमाडौँले फाइनलमा स्थान बनाउनेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया