‘राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका’

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका रहेको बताएका छन् ।
आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै हाल प्राप्त उपलब्धीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
'विसं २००७ मा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिकले प्रजातन्त्रको विगुल फुकेका थिए । नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पु¥याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु', उनले भने।
श्रमसम्बन्धी हकलाई मौलिक हकका रुपमा उल्लेख गरिएको भन्दै उनले त्यसलाई कार्यान्वयनका लागि श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन, २०७५ लगायतका विभित्र ऐन कानुनको निर्माण भएको बताए । सरकारी तहबाट निर्माण भएका ती ऐन कानुनको पूर्ण कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न कोशी प्रदेश सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको उनको भनाइ छ ।
रासस

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा
भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

करेन्ट लागेर जिमीको मृत्यु
भोजपुर धोद्नेखानी घटना : मृतकको शव परीक्षण गर्न धरान पठाइने

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

प्रतिक्रिया