'ए साथी सुन'को लिरिकल गीत सार्वजनिक

काठमाडौँ- आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'ए साथी सुन'को लिरिकल गीत सार्वजनिक भएको छ । स्याड भर्सनमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँको केही चल अचल दृश्यहरु समावेश गरिएको छ ।
सिनेमाको सार्वजनिक लिरिकल मनले भन्छ बोलको गीतमा हर्क साउँदको शब्द रचना तथा उज्वल सागरको संगीत र स्वर सुन्न सकिन्छ । लभस्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा बर्षा र रमेशका अलवा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन् ।
‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम सिनेमा समेत हो । राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह९निर्मातामा सुदीप पौडेल छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया