स्वरूपको स्वरमा डा बस्ताकोटीको 'एउटा प्रश्न'

काठमाडौँ- सुगम संगीतका लोकप्रिय गायक स्वरूप राज आचार्यको स्वरमा 'एउटा प्रश्न' बोलको गीत द टच क्रियसनले हालै सार्वजनिक गरेको छ ।
साहित्यकार डा ऋषि बस्ताकोटीको शब्द रचना र राजेश थापाको संगीत रहेको उक्त गीतको संगीत संयोजन निरोज लामाले गरेका छन् भने ध्वनि मिश्रण किशोर थापाको रहेको छ ।
गायक आचार्य स्वयंको अभिनय रहेको म्युजिक भिडियोको छायांकन मुकेश हुमागाईले गरेका छन् भने सम्पादन विनोद बमको रहेको छ । म्युजिक भिडियोको निर्देशन पूजा ठकुरीको रहेको छ ।
गीतका रचनाकार बस्ताकोटी भन्छन्, 'जीवनमा धेरैलाई धेरै प्रश्न गरियो । यसपटक भने एउटा प्रश्न आफैँलाई गर्न मन लाग्यो । अनि यो गीत जन्मियो । संगीतकार राजेश थापा र गायक स्वरूपराज आचार्यको हात परेपछि यो प्रश्नले अझ मूर्त रूप लियो ।'
गीत सार्वजनिक भएपछि प्राप्त प्रारम्भिक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताउँदै गीतकार बस्ताकोटीले हेर्ने गीतको जमानामा यो गीत आँखालाई भन्दा पनि कान र मनलाई बढी केन्द्रित गरी बनाइएको प्रष्ट पारे । उनले एक पटक सुनिदिन सबै जनामा अनुरोध समेत गरेका छन् ।
जीवन दर्शन बोकेको गहन गीतमा सहकार्य गर्न पाएकोमा गौरव लागेको बताउँदै संगीतकार थापाले यसमा आफूले सकेको मिहिनेत गरेको बताए । आफ्ना विगतका सिर्जनामा जस्तै यस गीतमा पनि स्रोता/दर्शकको माया पाउने कुरामा गायक स्वरूप राज आचार्य आशावादी छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया