जीवन क्षेत्रीद्वारा लिखित पुस्तक 'नुन-तेलः विगततिर पदयात्रा' सार्वजनिक

काठमाडौँ- जीवन क्षेत्रीद्वारा लिखित पुस्तक 'नुन-तेलः विगततिर पदयात्रा' को सार्वजनिक भएको छ । पुस्तकको शनिबार केदारभक्त माथेमा, हिमा बिष्ट र केशव बोहराले एक कार्यक्रमबीच बिमोचन गरेका थिए। सबैको साझा भविष्य पृथ्विमाथिको चासो र चिन्ताको सेरोफेरोमा लेखिएको पुस्तकमा लेखक क्षेत्रीले आफ्नो चार पुस्ताको कथा नुन-तेल मार्गको यात्राका अनुभव लेखेका छन् ।
पुस्तकमाथि बोल्दै केदारभक्त माथेमाले पुस्तकको लेखन शैली नयाँ किसिमको रहेको भन्दै पाठकलाई कतै आत्मकथा त कतै सामाजिक इतिहास पढेको महसुस गराउने बताए । लेखकको पर्यावरणप्रतिको चिन्ता पुस्तकमा प्रतिबिम्बित भएको बताउँदै माथेमाले पुस्तक पढ्न निकै स्वादिलो रहेको उल्लेख गरेका थिए ।
अर्का वक्ता हिमा बिष्टले नुन-तेल बसाइँसराइँलाई अतिरन्जना नगरी स्वअनुभवको आधारमा बसाइँसराइँलाई यथार्थमा बुझाउने किताब भएको बताए । पुस्तकले आफूलाई पनि आफ्नो जीवनको विगतलाई हेर्न झकझक्याएको उल्लेख गरेका थिए । विष्टले भने- लेखकले इमान्दार भएर लेख्नुभएको छ । 'नुन-तेल'को यात्रा थुप्रैका लागि आफ्नो पारिवारिक बसाइँसराइँको यात्रा संस्मरण गर्न प्रेरक हुनेछ ।
त्यस्तै केशव बोहराले पुस्तकमा उल्लेखित केही प्रश्नहरु उदृत गर्दै 'नुन-तेल'ले पाठकलाई प्रश्न सोध्न प्रेरित गर्ने धारणा राखेका थिए । 'हामीले हामीभन्दा पिँधमा रहेका विशेषतः अल्पसंख्य समुदायलाई कसरी हेर्ने भन्ने दृष्टिकोण पुस्तकमा छ, उनको भनाइ थियो । पेसाले चिकित्सक क्षेत्रीको यो पहिलो पुस्तक हो । पुस्तकलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_UoTCEpeG0T_jpnjk8qhldsyzs4iszh0pom0diekly5wwykylrhkvsqkd96vcmcg5nrxy6m7.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया