साविककै मन्त्रालय नपाए रास्वपा सरकारमा नजाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि जिम्मेवारी पाएका मन्त्रालय नपाए सरकार नजाने स्पष्ट पारेको छ ।
पार्टी कार्यालयमा सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले साविकका मन्त्रालय नपाए र नीति तथा कार्यक्रम पुनर्लेखन नभए सरकारमा नजाने स्पष्ट पारेको हो । तर, प्रधानमन्त्रीले नै पार्टी सभापतिलाई पुरानो मन्त्रालय दिनका लागि र नीति तथा कार्यक्रम पुनर्लेखनका लागि सहमति जनाएको जानकारी पार्टी सभापति रवि लामिछानेले बैठकमा गराएका थिए ।
बैठकपछि रास्वपा प्रवक्ता डा. मुकुल ढकालले पार्टीले अब सरकारलाई समर्थन मात्रै गरेर नबस्ने भन्दै सरकारमा जाने वा प्रतिपक्षमा जाने भन्ने निर्णय गर्ने जानकारी दिए । उनले शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले यस विषयमा आवश्यक निर्णय गर्ने बताए ।
बैठकले उपनिर्वाचनको समीक्षा गर्दै बाराको निर्वाचन क्षेत्रको परिणामप्रति अध्ययन गर्न समिति गठन गरेको छ । बैठकले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई नियुक्त गर्न संसदीय समितिलाई निर्देशन दिएको छ भने विभिन्न विभागहरू गठन गरिएको ढकालले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया