नेपालको राजनीति भ्रष्टाचारमा लिप्त छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन् । सोमबार काठमाडौँमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयु) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने जिकिर गरे । उनले राजनीति मानिसका लागि घृणाको विषय बनेको बताए । उनले नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएको प्रति आपत्ति जनाए ।
नेपालले भ्रष्टाचार, सहज रूपमा सेवा प्रवाह नगर्नु र जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्तिले नेपालको राजनीतिप्रति निराश मान्दै गएको बताए ।
अध्यक्ष नेपालले अबको समयमा स्वदेशमा रोजगारी दिने, सीप प्रवर्द्धन गर्ने र जनतामा सेवा सहज बनाउने कुरमा ध्यान दिनुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया