लेभान्टेसँग बराबरीमा रोकियो बार्सिलोना, उपाधि होडमा धक्का
काठमाडौँ : स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ । मंगलबार राती भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
बार्सिलोनाका लागि लियोनल मेस्सी, पेड्री, ओस्मान डेम्बेललेले गोल गरे । पहिलो हाफमा दुई शून्य गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा तीन मिनेटको फरकमा दुई गोल खायो । लेभान्टेका लागि ५७ औँ मिनेटमा गोन्जालो मेरेलो र ५९ औँ मिनेटमा जोश लुइस मोरल्सले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।
खेलको ६४ औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ३-२ ले अग्रता दिलाए । तर खेलको ८३ औँ मिनेटमा सर्जियो लियोनले गोल गरेपछि लेभान्टेले खेल बराबरी गर्यो । त्यसपछि गोल हुन सकेन । बार्सिलोनाको शीर्ष स्थानमा उक्लिने योजना तुहियो ।
बराबरीपछि ३६ खेलबाट ७६ अंक जोडेको बार्सिलोना ला लिगाको दोस्रो स्थानमा छ । लेभान्टे भने ४० अंकसहित १३ औँ स्थानमा छ । एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको म्याड्रिडको ७७ अंक छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया