अवरुद्ध अरनिको राजमार्ग खुल्यो

काभ्रे - बनेपा नगरपालिका–१३ भैँसेपाटीमा आज बिहान करिब १ बजेतिर मोटरसाइकलले ठक्कर दिएर एक जनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग चार घण्टापछि नियमित भएको छ ।
बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीका स्थानीय अन्दाजी ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएपछि आक्रोसित स्थानीयले बिहान ४ बजेदेखि सडक अवरुद्ध गराएको सडक खुलेको हो । सडक अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक रुपमा सवारीसाधन बनेपा–नाला–भक्तपुरको बाटोबाट वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालन गरेर सडक खुलाउने प्रयास गरेको थियो ।
अहिले सडक पूर्ण रुपमा सञ्चालन भएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । मोटरसाइकल चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया