कोभिडले एमाले नेता पशुपति चौलागाईंको निधन
काठमाडौँ : कोभिड-१९ संक्रमणबाट नेकपा एमालेका प्रभावशाली नेता पशुपति चौलागाईंको निधन भएको छ । मंगलबार साँझ नेता चौलागाईंको निधन भएको बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले बताए । उनी कोभिड संक्रमण भएपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए ।
एमाले निकट युवा संघका पूर्व अध्यक्षसमेत रहेका चौलागाईं एमालेका पोलिटब्युरो सदस्य हुन् । दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद उनी दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए ।
उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न : अर्जुननरसिंह केसी

‘आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा’

विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रियः महासचिव पोखरेल

कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व सम्हाल्दा समेत देशको अवस्था राम्रो हु…

गणतन्त्रको सबैभन्दा बढी चिन्ता तथा सरोकार आफूहरुलाई छः अध्यक्ष प्रचण्ड

किन पुष्पलालको परिवारले एमालेलाई देखिने गरी नैतिक समर्थन पनि गर्दैनन, बल्ल अ…

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण छः अध्यक्ष नेपाल

प्रतिक्रिया