हुम्लामा जेठ ४ सम्म निषेधाज्ञा थप, विमानबाट ल्याइने सामग्री ७२ घण्टापछि पाइने

हुम्ला : उच्च हिमाली जिल्ला हुम्लामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि निषेधाज्ञाको समयावधि थप बढाइएको छ । जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्रको निर्णयानुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय आगामी जेठ ४ गतेसम्मका लागि बढाएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
विमानस्थलका सामग्री ७२ घण्टापछि पाइने
हवाई माध्यमबाट बाँके र सुर्खेतबाट ल्याइएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री सम्बन्धित निकाय र व्यक्तिले ७२ घण्टापछि मात्रै बुझ्न पाउने भएको छ । पहिलो चरणका निषेधाज्ञामा सिमकोट विमानस्थलमै थुपारेर राखिएका सामग्री स्वास्थ्य मापदण्डानुसार मात्रै लिन पाइने निर्णय जिप्रकाले गरेको हो । रासस

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

प्रतिक्रिया