धरानको वीपी प्रतिष्ठानको शल्यक्रिया कक्षमा १५ वर्षदेखिका स्वास्थ्य उपकरण
आम्दानी भन्दा १४ करोड बढी खर्च

काठमाडौँ- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शल्यक्रिया कक्षमा करिब दुई दशक अघिदेखिका स्वास्थ्य उपकरण राखिएको खुलेको छ । प्रतिष्ठानको इमर्जेन्सी र गाइनोलगायत १६ शल्यक्रिया कक्षमध्ये १३ कक्षमा १५ वर्ष अघिका स्वास्थ्य उपकरण राखिएको पाइएको हाे ।
महालेखा परीक्षकको प्रतिवेदन २०७९ का अनुसार प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरू पुराना उपकरणबाट उपचार गराउन बाध्य छन् । गम्भीर प्रकृतिका बिरामीहरूले शल्यक्रिया गर्नु पर्दा पुराना सामग्रीले बिरामीमा थप जोखिम मोल्ने बताइएको छ ।
त्यसैगरी आईसीयूमा ३० शय्या रहे पनि ७ वटा मात्र सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । जनशक्ति र पर्याप्त पूर्वाधार नहुँदा प्रतिष्ठानमा भएका सामग्री सञ्चालनमा ल्याउन नसकिएको प्रतिष्ठानले खुलाएको छ ।
प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीको संख्या घट्दै गएको छ । गत वर्ष प्रतिष्ठानमा १९ हजार १५४ ले कार्डियोलोजिको सेवा लिएका थिए । यस वर्ष भने ८ हजार ८१७ जनाले मात्र सेवा लिएका थिए ।
प्रतिष्ठानको पूर्वाधार निर्माण सुस्त गति रहेको पनि प्रतिवेदनमा खुलाइएको छ । पाँच वर्ष अघि खरिद सम्झौता भए पनि हालसम्म ४ सय शय्याको मातृशिशु भवन, २ सय शय्याको कार्डिक सेवा भवन र २ सय शय्याको अन्कोलोजी भवन निर्माण हुन सकेको छैन ।
प्रतिवेदनले पूर्वाधारको निर्माण कार्य सम्पन्न गर्नलाई सुझाव दिएको छ । संगठन व्यवस्थापन र जनशक्ति व्यवस्थापन गर्न पनि प्रतिष्ठानले ध्यान दिनुपर्ने छ ।
दरबन्दी अनुसार प्रतिष्ठानले चिकित्सक राख्न नसकेको औंल्याएको छ । प्रतिष्ठानमा ८४६ चिकित्सकको दरबन्दी रहे पनि हालसम्म ३७४ चिकित्सक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिष्ठानमा दरबन्दी अनुसार आवश्यक मात्रामा नर्स नरहेको प्रतिवेदनमा जनाइएको छ । ८ सय १६ नर्सको दरबन्दी रहे पनि २ सय १५ जना नर्स कार्यरत छन् ।
कर्मचारीको दरबन्दी अनुसार कर्मचारी भर्ना हुन सकेका छैनन् । दरबन्दी संख्या, भर्ना, बढुवा, वृत्ति विकास, कार्य बोझ र कार्य प्रकृति अनुसार हुन नसकेको प्रतिवेदनले प्रस्ट पारेको छ । संस्थागत संरचना र दरबन्दी मिलान गर्ने कार्य समयमा गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ ।
प्रतिष्ठानको आय भरपर्दो र पर्याप्त नभएको पनि प्रतिवेदनले जनाएको छ । प्रतिष्ठानले सरकार र आन्तरिक आम्दानीको स्रोतबाट भन्दा बढी खर्च गरेको छ । सरकारले अनुदान स्वरूप ५२ करोड ५१ लाख पाएको थियो । आन्तरिक स्रोतबाट २ अर्ब २४ करोड ६५ लाख रुपैयाँ पाएको थियो ।
प्रतिष्ठानले कूल २ अर्ब ९१ करोड ८८ लाख खर्च भएको छ । आय रकमभन्दा बढी १४ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ । प्रतिष्ठानले आय रकममा वृद्धि गरी खर्च नियन्त्रणमा ध्यान दिनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

प्रतिक्रिया