१५ वर्षपछि हडतालमा हलिउडका लेखक

लसएन्जल्स - अमेरिकामा रहेका चलचित्र लेखकहरूको छाता संगठन ‘राइटर्स गिल्ड’ले मंगलबारदेखि हडताल सुरु गरेको छ । हलिउडका स्टुडियो र स्ट्रिमिङ प्लृटफर्मका मजदुर संगठनसँग सोमबार साँझ भएको वार्तामा सहमति नभएपछि लेखकहरूले मंगलबारदेखि प्रदर्शन थालेका छन् ।
उनीहरूले मंगलबार १ बजेदेखि स्टुडियो अगाडि धर्नाको कार्यक्रम सुरु गरेका छन् । हलिउड रिपोर्टका अनुसार लेखकको समूहले मंगलबार अमेजन, कुलभर स्टुडियो, सीबीएस रेडफोर्ड, सीबीएस टेलिभिजन सिटी, डिज्ने, नेटफ्लिक्स, फक्स, सोनी, प्यारामाउन्ट, वार्नर ब्रोज र युनिभर्सल स्टुडियोमा धर्ना सुरु गरेको छ ।
लेखकहरूको समूहले अमेरिकाको विभिन्न राज्यमा रहेका स्टुडियोअघि धर्ना बसेर काम ठप्प पार्ने रणनीति तय गरेका छन् ।
‘राइटर्स गिल्ड’ले मंगलबार नै विज्ञप्ति जारी गर्दै लेखकहरूको अस्तित्वको संकटलाई फिल्म निर्माण कम्पनीले बेवास्ता गरेकोले आफूहरू बाध्य भएर धर्ना बस्न बाध्य भएको बताएका छन् ।
‘राइटर्स गिल्ड’ले फिल्म निर्माण कम्पनीले काम लगाउने समयसीमाका बारेमा सम्झौता गर्न नमानेको आरोप लगाएका छन् । लेखकको संस्थाले न्यूनतम कामको ग्यारेन्टी मागेको हो । निर्माण कम्पनीले भने समयसीमा तोकेर काम दिन नसकिने तर दिनअनुसारको पारिश्रमिक तोक्न तयार भएको बताएका छन् ।
‘राइटर्स गिल्ड’ले भने लेखकको रुपमा कसैलाई आबद्ध गरेपछि हप्ता महिना वा वर्षको हिसाबले आबद्ध गर्नुपर्ने शर्त राखेका थिए । धर्नाले टेलिभिजन कार्यक्रम नराम्ररी प्रभावित भएका छन् । राति प्रसारण हुने कार्यक्रम यही संस्थामा आबद्ध भएका लेखकले लेखन कार्य गर्छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया