रिमेकको विपक्षमा मनीषा कोइराला

मुम्बई- अभिनेत्री मनीषा कोइरालाले आफू फिल्म रिमेक गर्ने पक्षमा नरहेको बताएकी छिन् । उनले फ्रि प्रेस जर्नलसँग कुरा गर्दै रिमेक गर्दा पुरानो जादू फर्काउन नसकिने भएकाले यस्ता चिजलाई छुन नहुने बताएकी हुन् ।
‘जुन सिनेमामा मलाई काम गर्न मजा आयो र दर्शकलाई पनि हेर्दा मजा आयो, म त्यस्ता फिल्मलाई यत्तिकै छाड्नुपर्छ भन्ने मान्यता राख्छु,’ उनको भनाइ छ, ‘उही उर्जा र उही जादू पैदा गर्न गाह्रो छ । त्यही कारण अहिले बनिरहेका धेरै रिमेक असफल भएका हुन् ।’
मनीषाले यही साल अभिनय गरेको ‘शहजादा’ यस्तै रिमेक फिल्म थियो जुन चलेन । यो फिल्म अल्लु अर्जुन अभीनित ‘अला बैकण्ठम्पुरलु’को हिन्दी रिमेक थियो । फिल्ममा मनीषाले तब्बुलाई विस्थापित गरेकी थिइन् ।
नेपाल बसाइलाई लम्ब्याउँदै गएकी मनीषा अब भने सञ्जयलीला भन्सालीको ‘हिरामन्डी’ सिरिजमा देखिँदैछिन् । पूर्व वेश्याहरूको कथा भन्ने यो सिरिजमा मनीषासँगै सोनाक्षी सिन्हा, ऋचा चढ्ढा, अदितीराव हैदरी आदिको अभिनय रहेको छ । मनीषा अभीनित ‘इन्डिया स्विट्स एन्ड स्पाइसेज’ प्रदर्शन हुन बाँकी रहेको चलचित्र हो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया