‘भी२७’ सिरिज सार्वजनिक गर्दै भिभो, उत्कृष्ट क्यामेरा र आधुनिक डिजाइन

काठमाडौं– स्मार्टफोन ब्रान्ड भिभोले भी२७ सिरिजका स्मार्टफोनहरू ‘भी२७’ र ‘भी२७ई’ छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ ।
भी सिरिजअन्तर्गतको नयाँ ‘भी२७’ सिरिजले आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र स्मार्टफोनको अनुभव वृद्धि गर्ने विशेष अपग्रेडहरू ल्याउनेछ । ‘भी२७’ सिरिज चाँडै नै नेपाली प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ ।
‘भी२७’ सिरिजका स्मार्टफोनहरूले मोबाइल फोटोग्राफीको गेम–परिवर्तकको रूपमा काम गर्नेछ । औरा लाइट पोट्रेट प्रणालीले पोट्रेटहरूमा एक्सपोजरलाई बढाउने र प्रयोगकर्ताहरूलाई कम प्रकाशको अवस्थामा पनि अद्भुत शटहरू खिच्न सक्षम बनाउने बताइएको छ ।
‘भी२७’लाई उच्चस्तरीय १२० हर्जको कर्भ स्क्रिन र पातलो बेजेलहरूले अझ आकर्षक बनाएको र यसको कर्भ स्क्रिनले नयाँ मानक प्रस्तुत गर्छ । ठूलो डिस्प्ले ले ‘स्ट्रिमिङ’ वा ‘ब्राउजिङ’का लागि उपयुक्त बनाउने बताइएको छ ।
‘भी२७ई’मा २.५डी स्क्रिनको साथमा १२० हर्ज एमोलेड डिस्प्लेले यस उपकरणको सोभा बढाएको छ । यसको एमोलेड डिस्प्लेले जीवन्त र वास्तविक रङहरूको लागि परिवेश अनुसारको प्रकाशमा समायोजन गर्दछ र प्रयोगकर्ताहरूलाई ‘इमर्सिभ’ र आकर्षक दृश्य अनुभव प्रदान गर्दछ ।
‘भी२७’ फाइभजीको औरा लाइट पोट्रेट प्रणाली तथा ‘भी२७ई’ को १२० हर्जको कर्भ स्क्रिन र एमोलेड डिस्प्ले विशेषताहरूले स्मार्टफोन फोटोग्राफी र डिजाइनको लागि नयाँ मानक कायम गर्ने विश्वास लिइएको छ ।
‘भी२७’ सिरिजका साथ प्रयोगकर्ताहरूले कार्यात्मक र व्यावहारिक मात्र नभएर दृश्यात्मक रुपमा पनि आकर्षक र उत्कृष्ट उपकरणको अपेक्षा गर्न सक्ने विश्वास लिइएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_mve9Uo7ePh_clejgu2ljmi9gfl6gglknlysru1ckt6infkrijrgegazzdakru00r5yhe3zd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया