मिटरब्याज समस्या समाधानका लागि राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने सरकारको निर्णय

काठमाडौँ- सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई समाधानका लागि आवश्यक कानुन निर्माण गर्ने भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजीसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत आवश्यक कानुन निर्माण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
मिटरब्याजीसँग सम्बन्धी समस्या छिटोभन्दा छिटो समाधान गर्नका लागि आवश्यक कानुनी व्यवस्था गर्न लागिएको उनले बताइन् ।
प्रवक्ता शर्माले बुधबार पनि मन्त्रिपरिषद् बैठक बस्ने र अन्य निर्णय हुने जानकारी दिइन् ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया