वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाल नियुक्त

काठमाडौँ- नेपाल सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज मंगलबार बसेको बैठकले ढकाललाई चार वर्षका लागि केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
ऊर्जा मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाका आधारमा छनौट गर्न गत फागुन १४ गते प्रस्तावसहितको दरखास्त आव्हान गरेको थियो ।
सिफारिस समितिले उम्मेदवारको योग्यता, अनुभव, व्यावसायिक कार्ययोजनासहितको प्रस्तावको मूल्यांकन तथा प्रस्तुतीकरण र अन्तर्वार्तासमेतबाट तीन जनाको नाम सिफारिस गरेको थियो ।
सिफारिस समितिको सिफारिसमा केन्द्रमै कार्यरत ढकालसहित डा. सूर्यकुमार सापकोटा र जल तथा ऊर्जा आयोग सचिवालयमा कार्यरत डा. किरण गौतम परेका थिए ।
सिफारिसमा परेकामध्ये मन्त्रिपरिषदले ढकाललाई नियुक्त गरेको हो । ढकालले आफू छनौटमा परेको अनौपचारिक जानकारी आएको औपचारिक पत्र प्राप्त गरिनसकेको इकागजलाई बताए ।
यसअघिका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीको कार्यकाल समाप्त भएपछि ढकाल नै निमित्त कार्यकारी निर्देशकका रूपमा केन्द्रमा कार्यरत थिए ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया