आगलागीबाट सप्तरीमा सात परिवारको ४४ लाख क्षति

सप्तरी - सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवा पोटरी हटियास्थित मुस्लिम टोलमा मंगलबार आगलागी हुँदा सात परिवारको रु ४४ लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।
स्थानीय कलिम शेखको फुसको घरमा अचानक आगलागी हुँदा सँगै टाँसिएको गाईगोठ जली पूर्णरूपमा नष्ट भएको र उक्त आगो फैलिई निजका भाइ मर्तुन्ज शेखको नजिकै रहेको एक कोठे फुसको घर र निजका सानो भाइ इस्लाम शेखको दुई तले टिनको जस्तापाता भएको कच्ची घरमा आगो लाग्दा हुँदा घरमा रहेको सरसमान जली क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागीबाट कञ्चनरुप–१ बैरवा बस्ने तीन दाजुभाइको रु ४४ लाखभन्दा बढीका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, हनुमान नगर कंकालिनी नगरपालिका र कञ्चनरुप नगरपालिका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया