आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

भारतीय विदेश सचिव आउनु अघि प्रधानसेनापति थापा र भारतीय राजदूतबीच भेट

काठमाडौं : भारतीय राजदूत विनय मोहन क्‍‍वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्दै दुई मुलुकबीचको सम्वन्धबारे समिक्षा गरेका छन् । उनीहरूबीच बुधबार जंगी अड्डामा भेट भएको हो । भेटवार्तामा दुई मुलुकबीचको सुरक्षादेखि अन्य समसामयिक विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेले नेपालको भ्रमण गरेपछि प्रधानसेनापति थापा र राजदुत क्‍वात्राबीच यो पहिलो भेट हो । यो भेटमा भ्रमणको समयमा भएका सहकार्यका विषयमा समीक्षा भएको थियो । दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषय र सहयोगका क्षेत्रबारेमा छलफल भएको हो । यस प्रकारको नियमित भेट र वार्ताले दुई मुलुकबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्‍ने नेपाली सेनाले जनाएको छ । 

सत्तारुढ दलभित्र किचलो चलिरहँदा उनीहरू जंगी अड्डामा भेटवार्ता गरिरहेका थिए । यद्यपी सेनापतिसँगको भेट पहिले नै तय थियो । नेपाल र भारतबीचको सीमा विवाद टुंगो लगाउन चाँडै औचापरिक बैठक हुने भनिएको अवस्थामा यो भेट भएको छ । सुरक्षा संयन्त्रबाट धेरै विषय फुक्दै गएको अवस्थमा सेनाले सहकार्य थप बढाउन सक्नेछ । 

भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको नेपाल भ्रमणसमेत हुने भनिएको समयमा राजदूतले सेनाप्रमुखलाई भेटेका हुन् । नेपाल र भारतबीच दुईपक्षीय भइरहँदा भारतीय राजदूतले प्रधानसेनापति थापालाई भेट्नु अर्थपूर्ण छ । 

यसैबीच मंगलबार साँझ चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको चर्चा सेलाउन नपाउँदै अर्का छिमेकी राजदूतले प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । 
 

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह