दुई जना मात्रै मन्त्री बनाएपछि शेखर समूह असन्तुष्ट

काठमाडौँ - नेपाली कांग्रेसको संस्थापन इतर समूह मन्त्रिपरिषद् विस्तारमा असन्तुष्ट देखिएको छ । मन्त्रिपरिषद् विस्तारमा भएको सहमति पार्टी सभापति शेरबहादुर देउवाले कार्यान्वयन नगरेपछि इतर समूह असन्तुष्ट देखिएको हो । इतर समूहका नेता डा. शेखर कोइराला सभापति देउवाले आफूलाई धोका दिएको बताउँछन् ।
बुधबार भएको मन्त्रिपरिषद् विस्तारमा आफूले दिएका तीन जनाको नाम मध्ये दुई मात्रै मन्त्री बनेपछि शेखर समूह असन्तुष्ट बनेको हो । शेखर समूहलाई कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, खानेपानी मन्त्री र एक राज्यमन्त्री दिने सहमति देउवाले गरेका थिए । कोइरालाले देउवालाई तीन मन्त्री र एक राज्य मन्त्रीको नाम पनि दिएका थिए ।
राज्यमन्त्री पछि बनाउँला अहिले मन्त्रीको मात्रै नाम दिनुस् भनेर देउवाले भनेपछि शेखरले पनि तीन मन्त्रीको नाम दिएको इतरसमूहका एक केन्द्रीय सदस्यले जानकारी दिए । तर, मन्त्रिपरिषद विस्तार भएर आउँदा भने शेखर पक्षका दुई मात्रै मन्त्री बने । यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभापति देउवालाइ टेलिफोन गरेर शेखरले असन्तुष्टि जनाइसकेका छन् ।
'देउवाले दिने भनेको खानेपानी मन्त्री बनाइएको छैन, हाम्रा पक्षका दुई जना मात्रै मन्त्री बने', ती नेताले भने । देउवा सकेसम्म इतर समूहलाई पेलेरै जाने मनस्थितिमा देखिएको पाइन्छ । केन्द्रीय सदस्य मनोनयन र भातृसंस्थाको नेतृत्व विस्तारमा समेत देउवाले इतर समूहलाई पेलेरै गएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया