अभिनयबाट ‘ब्रेक’ लिने एम्माको घोषणा

लसएन्जल्स – ‘ह्यारी पोटर’ सिरिजकी अभिनेत्री एम्मा वाटसनले अभिनयबाट विश्राम लिन चाहेको बताएकी छिन् । हालै फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफू अभिनयबाट सन्तुष्ट नभएको र धेरथोर कैद भएको महसुस गरेको बताएकी छिन् ।एम्मा पछिल्लो समय ग्रेटा गेरविग निर्देशित ‘लिटिल वुमन’मा देखिएकी थिइन् ।
त्यसयता एम्माले न कुनै सिरिज साइन गरेकी छिन् न फिल्म । ‘मैले बीचमा के महसुस गरेँ भने म त्यो कुरा बेचिरहेकी छु जुन मेरो नियन्त्रणमा छैन । यदि कुनै पत्रकारले मलाई, तेरो फिल्ममा तेरो दृष्टिकोण के थियो भनेर सोध्यो भने मसँग उत्तर हुन्थेन । किनकि प्रक्रियामा मेरो संलग्नता नै छैन,’उनको भनाइ छ ।
उनले आफूले विगतमा रोबोट जस्तो जस्ले जे भन्या त्यही मात्र गरिरहेकाले नयाँ चिजको प्रतीक्षामा रहेको बताएकी छिन् । यसको मतलब आफूले अभिनयको दुनियाँ नै छाड्ने लागेको भने नभएको बताइन् ।बाल कलाकारको रुपमा काम सुरु गरेकी एम्माले ‘नोहा’, ‘ब्युटी एन्ड दि बिस्ट’ आदि फिल्ममा पनि काम गरेकी छिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया