नेशनल लाइफ इन्स्योरेन्सको क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम सम्पन्न

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको लागि ३ दिन २ रात को ‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’ सम्पन्न गरेको छ ।
कम्पनीमा कार्य रत अभिवक्ताहरूका लागि २०७९ चैत्र महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरूलाई नेपालको पर्यटकीय क्षेत्र सौराहा भ्रमण गराउने र नारायणी नदीमा सञ्चालन गरिएको ‘क्रुज’को यात्रा गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरूसहित देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट भएका करिब चार सय जना वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले उत्कृष्ट अभिकर्ताहरूको सम्मान समेत गरेका थिए ।
सो अवसरमा उपस्थित अभिकर्ताहरूलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षक मनोज भट्टराईबाट उत्प्रेरणा तथा व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।
खत्रीले अभिकर्ताहरूको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैं अब्बल रहने बताएका छन् । उनले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राख्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराए ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

प्रतिक्रिया