टिकटकबाट चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौँ- सामाजिक सञ्जाल टिकटकबाट फोटो र भिडियोमार्फत महिलाको चरित्रहत्या गर्ने व्यक्तिलाई चितवनबाट नेपाल प्रहरीले पक्राउ गरेको छ । भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोले चितवन राप्ती नगरपालिका-९ का २९ वर्षीय विजय लामा भन्ने डम्बरबहादुर तामाङ पक्राउ परेका हुन् ।
उनले महिलाको अश्लीलतासहित फोटो प्रदर्शन गर्ने, व्यक्तित्वमा आँच आउने, सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पर्ने गरी फोटो हाल्ने गरेका थिए ।
तामाङलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत चितवन प्रहरीको सहयोगमा ब्यूरोबाट गएको प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरेको हो । अदालतबाट आज ५ दिन म्याद थपेर अनुसन्धान गरिरहेको ब्यूरोले प्रस्ट पारेको छ ।

बालबालिकाको मोबाइल लत छुटाउने यी हुन् पाँच टिप्स्
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

प्रतिक्रिया