प्रदेश अस्पतालमा चाप बढ्दो, अधिकांश स्वास्थ्यकर्मी करारका

सुर्खेत- पछिल्लो समय सुर्खेतस्थित प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दो छ । गर्मीयाम बढेसँगै दिनप्रतिदिन अस्पतालमा बिरामीको चाप बढ्दो क्रममा रहेको अस्पतालले जनाएको छ । बिरामीको चाप बढी भएर थेग्नै सकस भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जनाए ।
कर्णाली प्रदेशका १० वटा जिल्ला र सुदूरपश्चिमका केही जिल्लाका बिरामीहरू सेवा लिन यहाँ आउने गर्दछन् । अस्पतालमा अहिले दैनिक १ हजार भन्दा बढी बिरामी आउने गरेको बस्नेले बताए । धेरै बिरामी भएकाले साँझ ५ बजेसम्म अस्पतालको ओपीडीमै लाइन देखिने गरेको छ ।
अस्पतालमा अहिले तीन सय बेड सञ्चालनमा छन् । अस्पतालमा अप्रेशन गर्ने बिरामीको पनि चाप बढिरहेको छ । अहिले अस्पतालमा झन्डै ५० जनाको विभिन्न शल्यक्रिया हुने गरेको छ । इमर्जेन्सीबाहेक अन्य बिरामीले अप्रेशनका लागि लामो समयसम्म अस्पतालमा पालो कुर्नुपर्ने अवस्था छ ।
प्रदेश अस्पतालमा बिरामी चेकजाँचसँगै मिर्गौला र पित्तथैलीको पत्थरीको अप्रेशन गरिरहेको छ, जसमा दैनिक १० जनासम्मको अप्रेशन भइरहेको छ । त्यस्तै एपेन्डिसाइड, गर्भवतीको सीएस, हाडजोर्नी, मेरुदण्ड र न्युरो सर्जरी पनि भइरहेको छ । त्यसैगरी हप्ताको दुई दिन आँखाको मोतियाविन्दु र अन्य अप्रेशन पनि हुने गरेकाे उनको भनाइ छ ।
अहिले अस्पतालमा साढे ४ सय कर्मचारी कार्यरत छन् । तीमध्ये झन्डै ८० प्रतिशत करारका कर्मचारी रहेका छन् । अधिकांश स्वास्थ्यकर्मीहरू करारका रहेको उनले बताए । बिरामीको चापअनुसार स्वास्थ्यकर्मीको संख्या भने न्यून भएको बताए ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया