ग्रान्डी अस्पतालले नयाँ संक्रमितलाई उपचार नगर्ने

काठमाडौँ : उपत्यकाका ठूला निजी अस्पतालहरू दिन प्रति दिन कोभिड-१९ संक्रमितको उपचार गर्ने जिम्मेवारबाट पन्छिदै गएका छन् । ग्रान्डी अस्पतालले अक्सिजनको संख्या एक सय मात्र भएकाले थप संक्रमितलाई भर्ना गरी उपचार नगर्ने जनाएकाे छ ।
अस्पतालले जारी गरेको सूचनामा थप संक्रमितलाई अक्सिजनको कोटा कम भएकाले नयाँ संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने उल्लेख छ । अस्पतालले चाहे अनुसार संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने पनि जनाएको छ । अक्सिजनको मात्रा बढेमा थप संक्रिमितको उपचार गरिने बताइएको छ ।
यसअघि काठमाडौँकै मेडिकेयर अस्पताल, नेपाल-भारत मैत्री अस्पताल, दिर्घायु गुरु अस्पताल एण्ड रिर्सच सेन्टर, हेल्पिङ ह्ययान्डस, नेपाल मेडिकल कलेज र भक्तपुरको मध्यपुर अस्पतालले संक्रमितको पनि उपचार नगर्ने जनाइसकेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया