बुधबार २८ जेठ, २०८२
Wednesday, June 11, 2025

३३ वर्षपछि इटालिएन सिरी 'ए' को च्याम्पियन नापोली

काठमाडौँ- नापोलीले ३३ वर्षपछि इटालिएन सिरीको ए उपाधि जितेको छ । उडिनेससँग बराबरी खेल खेल्दै नापोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो ।

यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८९ र १९९० मा इटालिएन सिरीको यो उपाधि जितेको थियो ।

डासिया एरिना उडिनमा बिहीबार राति भएको खेलको १३औं मिनेटमा सान्डी लोभरिकको गोलबाट घरेलु टोली उडिनेससले पहिलो हाफमा अग्रता लिएको थियो तर दोस्रो हाफको सुरुवाती अर्थात ५२औं मिनेटमा भिक्टर ओसिमहेनले गोल फर्काउँदै खेललाई बराबरीमा मात्रै ल्याएनन्, नापोलीलाई उपाधि जित्नका लागि निर्णायक गोलसमेत गरिदिए ।

नापोली च्याम्पियन बनेसँगै सिरी ‘ए’ ले पनि पछिल्लो तीन सिजनमा भने तीन फरक फरक टोली च्याम्पियन बनाएको छ । युभेन्ट्सले लगातार ९ सिजन सिरी ‘ए’ को उपाधि जितेको रेकर्ड कायम रहेको भए पनि त्यसपछिको यताका तीन सिजनमा भने इन्टर मिलान, एसी मिलान र नापोली च्याम्पियन बनेको हो ।