प्रिमियर लिगः म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर युनाइटेडले पराजय भोगेको छ । बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग १-० गोलको पराजय भोगेको हो ।
ब्राइटनको जितमा अलेक्सिस म्याक अलिस्टरले निर्णायक गोल गरे । अलिस्टरले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै ब्राइटनलाई जित दिलाए ।
यससँगै लिगको चौँथो स्थानमा रहेर युरोपियन च्याम्पियन्स लिग खेल्ने म्यानचेस्टर युनाइटेडको सपनामा धक्का लागेको छ । पराजयसँगै युनाइटेड ३३ खेलबाट ६३ अंकसहित चौँथो स्थानमा छ । पाँचौ स्थानको लिभरपुलको ३४ खेलमा ५९ अंक छ ।
यता ब्राइटन भने ३२ खेलबाट ५९ अंक जोड्दै तालिकाको छैटौ स्थानमा रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया