पहिरोले पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध, सवारीसाधन अलपत्र

पाल्पा- पहिरो खसेपछि पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।
शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसेपछि सो सडक खण्ड अवरुद्ध हुन पुगेको हो ।
सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा नै ठूलो पहिरो खसेपछि सयौँ सवारी साधान अलपत्र परेका छन् । सडकमा पहिरो खसेपछि सा राजमार्ग हुदैँ सुनौली, पोखरा र मुस्ताङसम्म चल्ने सवारी साधन अवरुद्ध हुन पुगेको स्थानियवासीले जनाएका छन् ।
त्यसमाथि सिद्धबाबा सुरुङ मार्ग आयोजनाले राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिरहेको अवस्थामा पुनः पहिरो गएपछि सवारीसाधन सडकमा अलपत्र परेका छन् ।
नेपाल प्रहरीले सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउन सुरु गरेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिए ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया