साउदीमा 'काेमा' मा पुगेका धनकुटाका भक्तमणी खनाल नेपाल फर्किए

काठमाडौँ- साउदी अरबमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाका भक्तमणी खनाललाई नेपाली राजदूतावासले नेपाल पठाएको छ । हिजो बिहीबार उनलाई नेपाल एयरलान्यसको जहाजबाट फिर्ता पठाएको हो ।
खनाल महालक्ष्मी नगरपालिका २ का हुन् । उनी ७ वर्षसम्म साउदी अरबमा बसेका थिए । रियादस्थित नेश्नल गार्ड हस्पिटलमा तीन महिना उपचारपश्चात खनाललाई स्वदेश पठाइएको दूतावासले जानकारी दिएको छ ।
कोमामा राखी उपचार गरे पछि स्वास्थ्य अवस्था सुध्रँदै गएकाले परिवारको साथ-सहयोग पाएमा छिटो सुधार हुने भन्दै चिकित्सकले सल्लाह दिएका थिए ।
अस्पतालले दूतावासलाई खनाललाई चाँडो स्वदेश फिर्ता गर्न अनुरोध गरिरहेको थियो । परिवारले पनि दूतावासलाई घर पठाइदिन आग्रह गरेका थिए । उनलाई स्ट्रेचरमा मात्र राखेर लैजान सक्ने अवस्था रहेको थियो ।
अस्पतालको एम्बुलेन्सले उनलाई निःशुल्क विमानस्थलसम्म पुर्याएको थियो । उनलाई नेपाल ल्याइने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको हो । दूतावासको अनुसार खनाललाई परिवारको जिम्मा लगाएर अस्पतालमा उपचार थालिएको छ ।
गत वर्षको माघ ७ गते खनाल नेपाल फर्कन विमानस्थल जाँदै गर्दा सडक दुर्घटनामा परेका थिए । उनलाई पछाडिबाट गाडीले हानेको थियो । तत्कालै खबर गरे पनि उक्त सवारीसाधनको बारेमा हालसम्म प्रहरीले जानकारी प्राप्त गर्न सकेको छैन ।

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौँमा ‘राइज एन्ड लिड’ कार्यशाला सम्पन्न, अमेरिकी महिला प्रशिक्षकबाट नेतृत्…

सुन्धारा र धरहराको संरक्षण गर्न प्रधानमन्त्रीसँग स्थानीयको आग्रह

प्रतिक्रिया