हेलिकप्टर दुर्घटनाका घाइतेहरूलाई मेडिसिटीमा ल्याइयो (तस्बिरहरू)

काठमाडौं– संखुवासभाको भोटखोला गाउँपालिका–४ सिथ्रुङमा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएकाहरुलाई काठमाडौं ल्याइएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा घाइतेहरुलाई ल्याइएको हो ।
क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते थिए। तीमध्ये क्याप्टेन पौडेल गम्भीर घाइते छन् ।
क्याप्टेन पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर राजधानी ल्याइएको हो भने घाइते विक्रम शंकरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उपचारका क्रममा ल्याउँदै गर्दा ५० वर्षीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र गोदारले इकागजलाई जानकारी दिए ।
सिम्रिक एयरको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो । हेलिकप्टरको पंखा भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाइलट सुरेन्द्र पौडेल र हेलिकप्टरमै सवार भविन गुरुङ गम्भीर घाइते थिए ।
हेलिकप्टरमा रहेका छिरिङ भोटे भने हामफाल्ने क्रममा घाइते भएको जनाइएको छ । भोटे सिम्रिक एयरकै स्थानीय कर्मचारी रहेको जनाइएको छ । त्यहाँ निर्माणाधीन अपर अरुण जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेर जाने क्रममा साढे १ बजे हेलिकप्टर दुर्घटना भएको संखुवासभा प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया