महागढीमाईमा प्रधानमन्त्री प्रचण्डको पुतला दहन

जनकपुरधाम- बाराको महागढीमाई नगरपालिकामा स्थानीयले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को पुतला दहन गरेका छन् । नगरपालिकामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नभएका कारण कामकाज ठप्प हुँदा पनि सरकारले चासो नलिएकाे भन्दै स्थानीयले प्रधानमन्त्री ’प्रचण्ड’को पुतला दहन गरेका हुन् ।
शुक्रबार सयौंको संख्यामा रहेका स्थानीयले प्रमुख प्रशासकीय अधिकृतकाे मागसहित प्रधानमन्त्री प्रचण्डको पुतला दहन गरेका थिए । प्रधानमन्त्री प्रचण्डको पुतला दहनसँगै स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको राजीनामा समेत माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्ने मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै स्थानीयले नाराबाजी गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६ सय ५८ जनाले चार महिनादेखि तलब पाएका छैनन् भने नगरपालिकाको विकास सम्बन्धी योजनाको काम समेत प्रभावित बनेको छ ।
यसअघि नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले गठबन्धन दलका नेता र मन्त्रीलाई महागढीमाई नगर क्षेत्र र गढीमाई मन्दिरभित्र प्रवेशमा रोक लगाएको भन्दै बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए ।
प्रधानमन्त्रीसहित गठबन्धन दलका शीर्षस्थ नेतालाई भेटेर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत सुनुवाइ नभएपछि प्रवेश निषेध गरेको मेयर यादवले बताएका थिए ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया