मिटरब्याज पीडितहरु एक महिना देखि धर्नामा

काठमाडौं - मिटरब्याज पीडित एक महिना देखि धर्नामा बसेका छन् । गत चैत २९ देखी काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन् ।
पटक पटक वार्ता भएपनि मिटर ब्याज पीडितले धर्नालाई भने जारी राखेका छन । सरकारले मिटरब्याजी पीडितको पक्षमा छानबिन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका हुन् ।
जाली तमसुक च्यात्नु पर्ने तथा पिडकलाई तत्कालै कारबाही गर्नुपर्नेलगायतका माग राखेर उनीहरूले धर्नालाई निरन्तरता दिएका हुन । सरकारले हालै अध्यादेशमार्फत मिटरब्याजमा संलग्नहरुलाई ७ वर्षसम्म जेल सजाय दिने निर्णय भने लिइसकेको छ ।
मिटरब्याज पीडितहरुले आफूहरुलाई सरकारले वेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसमक्ष राखे पछि उनले सो विषयलाई राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने जनाएका थिए ।

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्…

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

प्रतिक्रिया