शिक्षिका नै घरेलु हिंसाको सिकार !

महोत्तरी - महोत्तरीमा शिक्षिका नै घरेलु हिंसाको सिकार बनेकी छन् । बर्दिबास-३ बस्ने सीता माझी आफ्नै श्रीमान चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलबाट घरेलु हिंसाको सिकार बनेकी हुन् ।
बर्दीबास कै भब्सी आधारभुत विद्यालयमा अध्यापन गराउने शिक्षिका माझीलाई १९ वैशाखको राति निर्ममतापुर्वक कुटपिट गरि सख्त घाइते बनाइएको छ भने यसअघि पनि निकै प्रताडित बन्दै आएको पीडितले बताएकी छन् । श्रीमान चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलले ज्यानै लिने उद्देश्यले घरेलु हतियार समेत प्रयोग गरिएको भेटिएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार लाइन अफ गरेर अँध्यारोमा विभिन्न घरेलु हतियार प्रयोग गर्दै उनीहरूले आक्रमण गरेका थिए । पटक पटक यस्ता घटना दोहोर्याई रहे तापनि समाजले सहजीकरण गर्दै आएको थियो ।
राहत कोटामा आफै कमाउँदै स्वाम्बलन बनेकी माझी किन हिंसाको सिकार बनिन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पीडिन माझीले श्रीमान विरुद्ध बहुविवाह र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेकी छन । पीडक भनिएका चन्द्रे माझीलाई भने प्रहरीले पक्राउ गरेको छ । माझीलाई पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख विजय यादवले बताए ।
पीडितले अहिलेसम्म जाहेरी ल्याइ नसकेको पनि प्रहरीले जनाएको छ । जाहेरी ल्याएपछि मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख यादवले जानकारी दिए ।
यता शिक्षिका नै घरेलु हिंसाको सिकार भएको भन्दै एक प्रेस विज्ञप्ति निकालेर शिक्षक संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् । सांघातिक आक्रमणसहित ज्यान नै लिने कुकृत्य गर्ने दोषीलाई कडा कारबाहीको माग गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दिबासले घटनाप्रति आपत्ति जनाएको छ ।
नगर कमिटीका संयोजक सुर्यनारायण दास र सचिव टंक प्रसाद पोखरेलले दोषीलाई कारबाहीको दायरामा नल्याए आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया