फ्रान्स फर्किएपछि मेस्सीले पीएसजीबाट खेल्ने वा नखेल्नेबारे निर्णय लिनेछन्: पीएसजीका प्रशिक्षक गाल्टियर

काठमाडौँ- फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मुख्य प्रशिक्षक क्रिस्टोफ गाल्टियरले फ्रान्स फर्किएपछि लियोनल मेस्सीले क्लबका लागि खेल्ने वा नखेल्ने निर्णय लिने बताएका छन् ।
अर्जेन्टिनी फुटबल स्टार तथा पीएसजीका फरवार्ड मेस्सीले कुनै जानकारी नदिएर साउदी अरेबियाको भ्रमण गरेपछि पीएसजीले उनलाई दुई साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।
मेस्सीमाथि लगाइएको निलम्बनको बारे मुख्य प्रशिक्षक गाल्टियरले केही नबोलेपनि पीएसजीका लागि खेल्ने वा नखेल्नेबारे मेस्सीले नै निर्णय गर्ने बताए ।
५६ वर्षीय गाल्टियरले टिम व्यवस्थापकले आफूलाई मेस्सीको निलम्बनबारे जानकारी गराएको स्विकार्दै आफूले यसबारे केही नबोल्ने निर्णय गरेको बताए ।
७ पटकका बालोन डी’ओर विजेता मेस्सीलाई पीएसजीले दुई सातासम्मका लागि अभ्यास तथा खेल खेल्न निलम्बन गर्नुका साथै पारिश्रमिक पनि नदिने निर्णय गरेको बताइएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया